के हो फेसबुक रेटिङ, घट्दा के असर गर्छ ? – Nepal Press

के हो फेसबुक रेटिङ, घट्दा के असर गर्छ ?

काठमाडौं । फेसबुक प्रयोगकर्ताहरुले फेसबुक अकाउन्ट तथा पेजहरुमा अवश्य पनि रेटिङ नामक शब्द सुन्न भएको होला । तर, फेसबुक रेटिङ के हो ? यसले कसरी काम गर्छ ? यो किन आवश्यक छ र घट्दा अथवा बढ्दा के हुन्छ भन्ने कुरा थाहा नहुनसक्छ ।

आज हामी फेसबुक रेटिङ र यसको प्रयोग र प्रभावबारे कुरा गर्नेछौं ।

सामान्य भाषामा बुझ्दा फेसबुक रेटिङले फसेबुक पेजको स्ट्याडर्डलाई दर्शाउने गर्छ । अर्थात फेसबुक रेटिङ भनेको रिभ्यु तथा प्रतिक्रिया हो । जसमा उक्त फेसबुक पेजमा प्रयोगकर्ताहरुले राखेको आफ्नो धारणा हो । रेटिङले व्यवसाय, ब्रान्ड वा सेवासम्बन्धी समग्र सन्तुष्टिको मापन गर्छ । यसलाई प्रयोगकर्ताहरूले दिने आफ्नो मूल्याङ्कनका रुपमा पनि बुझ्न सकिन्छ ।

रेटिङमा समीक्षाहरूको औसतलाई निकाल्ने गरिन्छ । जसमा प्रयोगकर्ताहरुको राखेको राम्रो नराम्रो सबै समीक्षालाई औसतमा मापन गरेर ५ वटा ताराका रुपमा देखाएको हुन्छ । उक्त ताराहरुले व्यवसाय, ब्रान्ड तथा सेवासम्बन्धी समग्र सन्तुष्टिलाई देर्शाउँछ । रेटिङ १ देखि ५ तारासम्म हुन्छ ।

१ देखि ५ सम्म तारामा बढी भनेको राम्रो समीक्षा र सन्तुष्टि हो भने कम तारा संख्या भनेको नकारात्मक प्रतिक्रिया र असन्तुष्टि हो ।

कुनै पनि प्रोडक्ट अथवा सर्भिसको मूल्याङ्कन त्यसको गुणस्तर र आममानिसले दिएकाे प्रतिक्रियामा भरपर्ने गर्छ । प्रोडक्ट अथवा सर्भिसको गुणस्तरको कुरा उक्त सेवा प्रदायक तथा उत्पादक कम्पनीमा निर्भर हुन्छ भने प्रतिक्रिया आममानिसको रोजाइ तथा उपभोगमा भरपर्छ । उक्त आममानिसको रोजाइ र उपभोगलाई नै रेटिङका रुपमा राखिएको हुन्छ ।

फेसबुक रेटिङ घट्दा कस्तो असर पर्छ ?

फेसबुकको खोजी परिणाम अर्थात हामीले सर्च गर्दा सबैभन्दा माथि र पपुलर भनेर अगाडि देखिने कुरामा यसले असर गर्छ । उच्च रेटिङ भएका पेजहरूलाई फेसबुक आफैंले प्राथमिकता दिन्छ। रेटिङ घट्दा पेजको प्राथमिकतामा नपरेर भ्युअरसिप तथा अडियन्सहरु घट्दै जान्छन् ।

फेसबुक पेजको रेटिङ कम हुँदा व्यवसाय वा ब्रान्डको इमेजमा नकारात्मक असर पर्छ । मानिसहरूले पेजलाई कम विश्वास गर्न थालेको भनेर बुझ्न सकिन्छ । यसले भविष्यमा नयाँ ग्राहक तथा अडियन्सलाई घटाउँछ । त्यस्तै ब्रान्डको छविमा नकारात्मक असर पर्छ ।

रेटिङ घट्दा ग्राहकहरूको विश्वास पनि स्वतः घट्छ । उच्च रेटिङ भएका पेजहरूलाई आममानिस तथा प्रोफेसनल मानिसहरुले बढी विश्वसनीय ठान्छन् भने कम रेटिङ भएका पेजहरुलाई विश्वसनीय ठान्दैनन् ।

मानिसहरुको सकारात्मक प्रतिक्रिया र उच्च रेटिङले व्यापार, व्यवसाय तथा सेवाको वृद्धि गर्न मद्दत गर्छ । रेटिङ घट्दा सम्भावित ग्राहकहरूलाई आकर्षित गर्न र व्यवसायको वृद्धि गर्न गाह्रो हुन्छ ।

उच्च रेटिङ र सकारात्मक समीक्षाहरूले नयाँ नयाँ प्रयोगकर्तालाई सामाजिक रुपमा आकर्षित गर्न मद्दत गर्छ भने कम रेटिङले सामाजिक रुपमा अलि कमजोर बनाउन सक्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर