कैलालीको ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लबलाई – Nepal Press

कैलालीको ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लबलाई

कैलाली । जिल्लास्थित घोडाघोडी नगरपालिका- १ सुखड रङ्गशालामा भएको जिल्लास्तरीय ‘ए’ डिभिजन लिगको उपाधि विजय स्पोर्ट्स क्लब धनगढीले जितेको छ । विजय स्पोर्ट्सलेले २-१ गोलले घोडाघोडी क्लबलाई हराएर उपाधि जितेको हो ।

अङ्क तालिकामा शीर्ष स्थानमा रहेको विजय स्पोर्ट्स र दोस्रो स्थानमा रहेको घोडाघोडी क्लबबीच आज उपाधि भिडन्त भएको थियो । उपाधि जितेको विजय स्पोर्ट्सले ट्रफी र नगद ७५ हजार रुपैयाँ पुरस्कार पाएको छ ।

दोस्रो भएको घोडाघोडी क्लबले नगद ३७ हजार ५०० रुपैयाँमा चित्त बुझायो ।

यसअघि ‘बी’ डिभिजन लिगको उपाधि मङ्गल युवा क्लब गौरीगङ्गा र क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले जितेका थिए । वैशाख २८ देखि भएको जिल्ला लिग जेठ १२ गतेसम्म भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यपालिकाअनुसार प्रतियोगिता कैलाली जिल्ला लिग फुटबल संघको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा सुखड रङ्गशालामा भएको थियो ।

प्रतियोगितामा जिल्लाका ‘ए’ डिभिजनका ७, ‘बी’ डिभिजनका ६ र क्वालिफायर्सका ७ गरी २० टीमको सहभागिता थियो ।

‘बी’ डिभिजनको विजेता टीमले ५० हजार तथा दोस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *