नेपालमा ८४९ विदेशी नर्स कार्यरत – Nepal Press

नेपालमा ८४९ विदेशी नर्स कार्यरत

काठमाडौं । नेपालमा ८४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ ।

२०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा १ लाख २२ हजार ३१३ नर्स दर्ता भएकामा विदेशी नर्सको संख्या ८४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये १ हजार ५०७ विशेषज्ञ नर्स, ३७ हजार ४२० अनमी र ६६ मिडवाइफ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर