पीएसजीलाई फ्रेन्च कपको उपाधि – Nepal Press

पीएसजीलाई फ्रेन्च कपको उपाधि

काठमाडाैं। पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार फ्रेन्च कपको उपाधि जितेको छ । उसले फाइनलमा लियोनलाई २–१ ले पराजित गर्‍यो ।

यो सिजन दोश्रो उपाधी जित्ने क्रममा पीएसजीको लागि ओसमन डेम्बेले र फाबिन रइजले पहिलो हाफमा १/१ गोल गरे ।

फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेको लागि पिएसजीको अन्तिम खेलको रुपमा रहेको खेलमा उनले सुखद अन्त्य गरेका हुन् ।

फरवार्ड एमबापे पीएसजीका लागि ३ सय ८ खेलमा २ सय ५६ गोल गर्दै क्लबबाट बाहिरिँदैछन् । उनी रियल म्याड्रिड जाने सम्भावना रहेको विभिन्न मिडियामा समाचार आएका छ्न् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *