म्यानचेस्टर युनाइटेडलाई एफए कप उपाधि – Nepal Press

म्यानचेस्टर युनाइटेडलाई एफए कप उपाधि

काठमाडौं । गत वर्ष हारको बदला लिँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ। उस्ले छिमेकी म्यानचेस्टर सिटीलाई‌ २-१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो। गत वर्ष युनाइटेडलाई‌ २-१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो।

युनाइटेडलाई‌ शनिबार जित दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले गोल गरे। सिटीका जेरेमी डोकुले एक गोल फर्काए ।

खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाए । ३९ औं मिनेटमा माइनोले गोल गर्दै अग्रता दोब्बर बनाएछि पहिलो हाफमा युनाइटेड २-० को अग्रता लिन सफल भएको थियो ।

प्रिमियर लिग बिजेता सिटीको लागि दोश्रो हाफमा गोल गर्दै खेलमा फर्कने अवसर थियो । तर दोश्रो हाफमा पनि युनाइटेडको दबदबा रह्यो र पनि ८७ औं मिनेटमा सिटिका डोकुले एक गोल फर्काए तर त्यो जितको लागि पर्याप्त थिएन ।

जितसँगै युनाइटेडले १३ औं पटक एफए कपको उपाधि स‌ंख्या पुर्‍याएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *