हल भिजिटमा अनमोल र प्रदीप आमनेसामने, तर एक-अर्कालाई गरे इग्नोर – Nepal Press

हल भिजिटमा अनमोल र प्रदीप आमनेसामने, तर एक-अर्कालाई गरे इग्नोर

काठमाडौं । नायक अनमोल केसी र प्रदीप खड्का आज हल भिजिटका क्रममा जम्काभेट भए, तर उनीहरूबीच बोलचाल भएन ।

अनमोल अभिनित ‘फर्की फर्की’ र प्रदीप अभिनित ‘पुजार सार्की’ एकै दिन रिलिज भएर हलहरूमा सफलतापूर्वक चलिरहेका छन् । दुवै नायक आआफ्नो चलचित्रको प्रवर्द्धनका लागि हल भिजिटमा हिँडेका हुन् ।

यसै क्रममा आज भक्तपुरको क्यूएफएक्समा उनीहरू एकै पटक पुगेका थिए । सुरूमा प्रदीप पुगेर मिडियासँग अन्तरक्रिया गरिरहेका बेला अनमोल नायिका जसितासहित इन्ट्री भए । प्रदीपलाई वास्तै नगरी उनीहरू अगाडि बढे । प्रदीपले पनि नदेखे झैं गरे ।

यसअघि प्रदीपले सञ्चारकर्मीहरूसँग अनमोलसित भेट्न इच्छुक रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *