एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपमा नेपाल च्याम्पियन – Nepal Press

एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिपमा नेपाल च्याम्पियन

काठमाडौं । शनिबारबाट राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको १५ औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपालले लगातार १५ औं पटक पनि च्याम्पियन हुन सफल भएको छ ।

आइतबार समापन भएको प्रतियोगितामा नेपालले १९ वटा स्वर्ण जित्दै १५ औं पटक पनि च्याम्पियन बनेको हो ।

प्रतियोगितामा नेपालले १९ स्वर्णका साथमा २४ रजत तथा ३० काँस्य पदक जितेको छ । यसैगरी, १२ स्वर्णसहित भारत दोश्रो बन्यो । उसले १२ स्वर्णसहित ६ कास्य तथा १२ काँस्य पदक जित्यो ।

त्यसैगरी पश्चिम बंगालको नेतृत्व गरेको टिएसआरकेकेओ टोली २ स्वर्णसहित तेश्रो बन्यो । दुई स्वर्णसहित यो टिमले ३ रजत र ७ कास्य पदक जितेको छ ।

प्रतियोगितामा उमेर समूहमा ११ स्पर्धामा र तौल समुहमा २९ स्पर्धामा गरी कुल ४० स्वर्ण, ४० रजत तथा ८४ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको शनिबार युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले उद्घाटन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर