जबरजस्ती करणी आरोप लागेका पूर्वन्यायाधीश गिरी दोषी ठहर – Nepal Press

जबरजस्ती करणी आरोप लागेका पूर्वन्यायाधीश गिरी दोषी ठहर

काठमाडौं । सम्बन्ध विच्छेद मुद्दा विचाराधीन रहेको अवस्थामा जबरजस्ती करणीको आरोप लगेका पूर्वन्यायाधीश भुवन गिरी दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गरेको हो ।

गिरी दोषी ठहर भएको र जेठ २८ गते सजाय निर्धारणका लागि पेशी तोकिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

श्रीमती आरती रावलले दिएको बलात्कारको मुद्दामा गिरीलाई दाेषी ठहर गरिएको हो । कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा दिएकी आरतीले काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन् ।

सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा गिरीले आफूलाई कोठामै आएर रातभर बलात्कार गरेको उनको आरोप थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर