दार्जिलिङमा कञ्चनजङ्घा एक्सप्रेससँग मालबाहक रेल ठोकिँदा कैयौंको मृत्यु – Nepal Press

दार्जिलिङमा कञ्चनजङ्घा एक्सप्रेससँग मालबाहक रेल ठोकिँदा कैयौंको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा एक मालबाहक रेलले कञ्चनजङ्घा एक्सप्रेसको रेललाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु भएको भारतीय च्यानल एनडीटीभीले उल्लेख गरेको छ ।

घटनामा रेलवेका तीन कर्मचारीको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएको उल्लेख गरिएको छ ।

जर्मनीको विश्व च्यानल डीडब्ल्यूले भने मृत्यु हुनेको आँकडा १५ जना भनेको छ । त्रिपुराबाट कोलकाता जाँदै गएको यात्रुबाहक रेललाई न्यू जलपाइगुडीको रंगपानी स्टेसनमा ठक्कर दिएको हो ।

घटनामा एक्सप्रेसका तीन कोच लिकभन्दा बाहिर निस्किएका थिए । रेलवे दुर्घटनाको खबर सार्वजनिक भएसँगै भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले दुःख व्यक्त गर्दै सन्देश सम्प्रेषण गरेका छन् ।

बेलायती उपनिवेशकालीन पूर्वधारमा बनाइएका भारतीय रेल सेवा आधुनिक र समयसापेक्ष नभएको भन्दै रेल सुरक्षा कमजोर भएको विश्व मिडियाहरुले उल्लेख गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *