क्रसर उद्योग नवीकरणको माग राख्दै व्यवसायी सडकमा (भिडिओ) – Nepal Press

क्रसर उद्योग नवीकरणको माग राख्दै व्यवसायी सडकमा (भिडिओ)

काठमाडौं । क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले दूरीसम्बन्धी मापदण्ड २०७७ अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रीपरिषद्को ढुङ्गा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नवीकरणको लागि अल्टिमेटम दिएकोमा माग सुनुवाइ नभएपछि सडक आन्दोलन सुरू गरिएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले जानकारी दिए । सरकारले आफूहरूलाई कानूनी अधिकारबाट वञ्चित गरेको उनको गुनासो छ ।

व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नवीकरण गरेर सञ्चालन गर्न दिनुपर्ने उनीहरूको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर