मतदानमा सहभागितादर बढाउन र बदर मत घटाउन महालेखाको सुझाव – Nepal Press

मतदानमा सहभागितादर बढाउन र बदर मत घटाउन महालेखाको सुझाव

काठमाडौं । महालेखापरीक्षककको कार्यालयले मतदानमा सहभागितादर बढाउन र बदर मत प्रतिशतलताई न्यूनीकरण गर्न मतदाता शिक्षालाई प्रभावकारी बनाउन सुझाव दिएको छ । कार्यालयले आफ्नो ६१ औँ वार्षिक प्रतिवेदनमार्फत यस्तो सुझाव दिएको हो ।

प्रतिवेदन अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ मा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेकोमा एक करोड ११ लाख २६ हजार २२६ जना अर्थात ६१ प्रतिशत मतदाताले मात्रै मताधिकार प्रयोग गरेका छन् ।

जसमा प्रत्यक्ष निर्वाचनतर्फ ६ प्रतिशत र समानुपातिकतर्फ पाँच प्रतिशत मत बदर भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा ६८ प्रतिशत मतदान भएकोमा २०७९ को निर्वाचनमा ६१ञ् प्रतिशत मात्रै मतदान भएकोले मतदानमा सहभागिता दर घट्टै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको प्रमुख संवैधानिक जिम्मेवारी रहेको प्रतिवेदनले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर