धनगढीमा मुख्यमन्त्री इन्डो–नेपाल कराँते प्रतियोगिता हुँदै – Nepal Press

धनगढीमा मुख्यमन्त्री इन्डो–नेपाल कराँते प्रतियोगिता हुँदै

कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री इन्डो नेपाल कराँते प्रतियोगिता हुने भएको छ ।

आगामी १७ र १८ गते कैलालीको धनगढीमा प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय गोजुरीयो कराँते दो सङ्घ नेपालका महासचिव प्रकाश कुमार चन्दले जानकारी दिए ।

राष्ट्रिय गोजुरीयो कराँते दो सङ्घ नेपालको आयोजनामा हुने प्रतियोगिता धनगढी स्थित रंगशालामा हुने जनाइएको छ ।

प्रतियोगितामा नेपालका कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा ३५० जना र भारतका विभिन्न ठाउँहरूबाट ६० जना खेलाडीहरूको सहभागिता हुने जनाइएको छ । प्रतियोगिताको तीव्र तयारी भइरहेको छ ।

विगत ९ बर्ष देखी धनगढीमा इन्डो–नेपाल कराँते प्रतियोगिता हुँदै आएको थियो । कोरोना सङ्क्रमणले रोकिएको प्रतियोगिताको शृङ्खला पुन सुरु हुन लागेको हो ।

सङ्घले सुदूरपश्चिम प्रदेशमा ९ वटा आमन्त्रण अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पनि आयोजना गर्दै आएको थियो । जसमा दक्षिण एसियाका ६ देशको सहभागिता रहँदै आइरहेको थियो ।

धनगढीमा हुने यी प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा ठूलो टेवा पुगेको सङ्घका महासचिव चन्दले जानकारी दिए । उनका अनुसार यसै प्रतियोगिताबाट उदाएका कमल ओली, गरिमा मल्ल, आनन्द कामी, पुष्पा मडै, शर्मिला घर्तिमगर जस्ता खेलाडीहरू राष्ट्रिय च्याम्पियन भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *