गोरखाबाट चुनाव लडेका प्रचण्ड भोट हाल्न पुगे चितवन – Nepal Press

गोरखाबाट चुनाव लडेका प्रचण्ड भोट हाल्न पुगे चितवन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोट हाल्न चितवन पुगेका छन्। आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिवार नै चितवन पुगेको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले बताए ।

उनले प्रचण्ड चितवन पुगेको जानकारी गराउँदै फेसबुकमा लेखेका छन्, ‘चितवन ३ शिवनगरस्थित मतदान केन्द्रमा भोलि मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष प्रचण्ड अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको छ।’

०७४ सालको निर्वाचनमा प्रचण्ड यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए। तर, अहिले त्यहाँ असुरक्षित देखेपछि गोरखा २ बाट उम्मेदवार बनेका छन्।

प्रचण्डले चितवन ३ माओवादीबाट डा। भोजराज अधिकारीलाई अघि सारेका छन्। उनीसँग कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइराला र जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेले कांग्रेसका विद्रोही नेता कोइरालालाई सघाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *