माधव नेपालले भने- तपाईंको एक मतले देश र समाज बदलिन्छ (भिडिओसहित) – Nepal Press

माधव नेपालले भने- तपाईंको एक मतले देश र समाज बदलिन्छ (भिडिओसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले नागरिकको मौलिक अधिकारलाई बोझ नभएर राज्यको दायित्व ठानेको बताएका छन्।

जनता मतदातामात्रै नभएर भाग्य निर्माता भएकाले सचेत भएर मतदान गर्न उनले आग्रह गरेका हुन् ।

‘हामी लोकतन्त्रलाई कागजमा सीमित सिद्धान्त होइन जीवनशैली ठान्छौं। हामी स्वाधीनता र राष्ट्रिय हितलाई नारा होइन हर नेपालीको धडकनमा हाल्छौं। हामी विकास र समृद्धिलाई हिजोको सपना होइन आजको चाहना मान्छौं’ उनले फेसबुकमा एक भिडियो राख्दै भनेका छन्, ‘नागरिकको मौलिक अधिकारलाई बोझ नभएर राज्यको दायित्व ठान्छौं। हामी जनतालाई मतदातामात्रै नभएर भाग्य निर्माता ठान्छौं । देश र समाज बदलिनेछ तपाईंको एक मतले ।’


प्रतिक्रिया

One thought on “माधव नेपालले भने- तपाईंको एक मतले देश र समाज बदलिन्छ (भिडिओसहित)

  1. पार्टी फुटाउनेलाई मत गयो भने चाहि देश नै लथालिङ्ग हुने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live