माधवले देउवा र प्रचण्डलाई देखाउँदै भने : भविष्यका प्रधानमन्त्रीहरु यहीँ हुनुहुन्छ (भिडिओ) – Nepal Press

माधवले देउवा र प्रचण्डलाई देखाउँदै भने : भविष्यका प्रधानमन्त्रीहरु यहीँ हुनुहुन्छ (भिडिओ)

‘गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनले मुलुकलाई ठुलो दुर्घटनाबाट बचाएको बताएका छन् । काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढेको बताएका हुन् ।

उनले भने, ‘हामीले मुलुकलाई ठुलो दुर्घटनाबाट बचाएका छौँ। संविधान र लोकतन्त्र नै धरापमा परिसकेको थियो। बाम लोकतान्त्रिक गठबन्धनले त्यसको रक्षा गरेको छ। प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढुंगले अगाडि बढेको छ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै बानी बिग्रेपछि सच्चिन गाह्रो हुने बताए । उनले भने, ‘तपाईंहरु सचेत बन्नुहुन्छ भन्नेमा ढुक्क छौँ। हामी जनताको अधिकारको पक्षमा छौँ। भोलि पनि महत्व गठबन्धन दलकै छ ।’

उनले देउवा र प्रचण्डलाई देखाउँदै भने, ‘विकास निर्माणमा कानुनी समस्या आउनसक्छ । तर, त्यसलाई हल गर्न वर्तममान प्रधानमन्त्री त यहि हुनुन्छ। भविष्यका प्रधानमन्त्रीहरु पनि यहीँ हुनुहुन्छ।’

उनले प्रदेशको पनि नामाकरण गर्नेबारेमा छलफल भइरहेको बताए ।


प्रतिक्रिया

2 thoughts on “माधवले देउवा र प्रचण्डलाई देखाउँदै भने : भविष्यका प्रधानमन्त्रीहरु यहीँ हुनुहुन्छ (भिडिओ)

  1. हेर कुन स्तरको नेता कहाँ पुगे ? प्रचण्ड र देउवालाई प्रधानमन्त्री बनाउन खेतालाको हैसियतमा सिमीत भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर