जोरपाटी-साँखु सडक दुई वर्षमा स्तरोन्नति गर्न नसके राजीनामा दिने ओनसरीको घोषणा (भिडिओ) – Nepal Press

जोरपाटी-साँखु सडक दुई वर्षमा स्तरोन्नति गर्न नसके राजीनामा दिने ओनसरीको घोषणा (भिडिओ)

काठमाडौं । नेकपा माओवादी नेतृ तथा काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीले जोरपाटी साँखु सडकको दुई वर्षमा स्तरोन्नति गर्न नसके आफूले राजीनामा दिने प्रतिबद्धता जाहेर गरेकी छन् ।

काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोटेश्वरको जामदेखि साँखु क्षेत्रको प्रवर्द्धन र विकासको लागि लाग्ने बताइन् ।

उनले भनिन्, ‘जोरपाटी साँखु सडकको समस्या वर्षौँदेखि छ। म निर्वाचित भएपछि आगामी दुई वर्षमा यदि त्यो कार्य गर्न सकिनँ भने म राजीनामा गर्छु। तपाईँहरूले मलाई विश्वास गर्नुस् ।’

उनले कांग्रेससँग व्यवस्था परिवर्तन गर्न सहकार्य गरेको स्मरण गर्दै अहिले अवस्था परिवर्तन गर्ने मिसन भएको बताइन् । जनताको समस्यासँग आफू सबै नजिक भएको समेत बताइन् ।

जनताको विश्वासको पाए ५ वर्षमा काठमाडौं २ को विकास गर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *