प्रत्यक्षतर्फको पत्र छपाइ धमाधम – Nepal Press

प्रत्यक्षतर्फको पत्र छपाइ धमाधम

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फको मतपत्र छपाइ धमाधम भइरहेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख २१ हजार मतपत्र छपाइ भएको छ ।

छपाइ भएकामध्ये प्रदेशसभातर्फ २१ लाख ३८ हजार र प्रतिनिधिसभातर्फका २२ लाख ५६ हजार मतपत्र रहेको आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ भने नै सकिइसकेको छ । हाल जिल्ला-जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको जनाइएको छ ।

आयोगका अनुसार ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीसहित २८ वटा जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभातर्फ २ करोड १ लाख ८४ हजार तथा प्रतिनिधिसभातर्फ २ करोड चार लाख मतपत्र छापिएको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर