क्षेत्र फेरेका मोहन बस्नेत भन्छन्- नपाउनुपर्नेले टिकट पाएजस्तो लागेको छैन – Nepal Press

क्षेत्र फेरेका मोहन बस्नेत भन्छन्- नपाउनुपर्नेले टिकट पाएजस्तो लागेको छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोक २ का गठबन्धनतर्फका उम्मेदवार मोहनबहादुर बस्नेतले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् ।

गठबन्धनमा भाग नपाएपछि सिन्धुपाल्चोक १ छाडेर २ नम्बर क्षेत्र रोजेका नेता बस्नेतले आफ्नो जीत सुनिश्चित भएको बताएका हुन् ।

गठबन्धनको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिन्धुपाल्चोकमा सबैले जित्नेगरी टिकट पाएको बताए ।

उनले भने, ‘सबैलाई समेट्ने गरी टिकट पाएका छौं । कोही छुटेजस्तो लागको छैन । नपाउनुपर्नेले पाएको छ जस्तो मलाई लागेको छैन ।’

आफूले जितेपछि सिन्धुपाल्चोक २ मा कांग्रेस कहिल्यै नहार्ने गरी काम गर्ने उनले दाबी गरे । उनी पूर्वमन्त्रीसमेत रहेका शेरबहादुर तामाङसँगको चुनावी प्रतिस्पर्धामा छन् ।

२०७४ सालमा वामपन्थीका उम्मेदवार तामाङले राप्रपाका पशुपतिशमशेर राणालाई पराजित गरेका थिए । नेता बस्नेत सिन्धुपाल्चोक १ मा माओवादीका अग्निप्रसाद सापकोटासँग हारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर