सामाजिक सञ्जालमार्फत् जनताको समस्या बुझ्दै गगन थापा (भिडिओसहित) – Nepal Press

सामाजिक सञ्जालमार्फत् जनताको समस्या बुझ्दै गगन थापा (भिडिओसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ प्रतिनिधिसभा उम्मेदवार गगन थापाले सामाजिक सञ्जालको प्रयोग बढाएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै जनताको समस्या बुझ्न सामाजिक सञ्जालको प्रयोग बढाएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘हामी मंसिर ४ मा हुने निर्वाचनको सम्मुखमा छौं । २०७४ को निर्वाचनमार्फत तपाईंबाट प्राप्त ऊर्जा र जिम्मेवारी बोकेर म सङ्घीय संसदमा गएको थिएँ । त्यो विश्वास र अवसरका निम्ति तपाईंप्रति हृदयदेखि आभार प्रकट गर्न चाहन्छु । यस पटक पुनः उम्मेदवारको रूपमा उपस्थित भएको छु ।’

उनले निर्वाचन आचारसंहिताअनुरुप निश्चित दिनमात्र भएकाले भ्याएसम्म घर–टोलमा आएर प्रत्यक्ष भेटेर कुराकानी गर्ने बताएका छन् ।

‘निर्वाचन आचारसंहिताअनुरूप निश्चित दिनमात्र घरदैलो गर्न पाइने हुनाले त्यति वेला सम्भव भएसम्म तपाईंको घर–टोलमा आएर तपाईंसँग प्रत्यक्ष कुराकानी गर्ने नै छु’, उनले भनेका छन्, ‘त्यसअघि सामाजिक सञ्जालमार्फत आजदेखि नियमित रूपमा तपाईंसँग जोडिनेछु र तपाईंका जिज्ञासा र सुझाव लिनेछु, आफ्ना योजना र कार्यक्रम बताउनेछु।’

उनले मतदाताहरुलाई आफ्ना प्रश्नहरू फेसबुक, ट्विटर वा इन्टाग्रामबाट आफ्ना गुनासा र प्रश्न राख्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर