नेकपा एसका उम्मेदवार गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा – Nepal Press

नेकपा एसका उम्मेदवार गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा

काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

गुरुङको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । यसअघि शुक्रबार पनि पेशी तोकिएको भए पनि गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गरेका थिए ।

बैंकिङ कसुरको कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको मनोनयन खारेज गरेको थियो ।

अदालतमा विचाराधीन मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज गरिएको भन्दै गुरुले बिहीबार अदालतमा उजुरी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर