मनमोहनकी बुहारी शान्ति अधिकारी बनिन् ईश्वर पोखरेलको चुनावी कमाण्डर – Nepal Press

मनमोहनकी बुहारी शान्ति अधिकारी बनिन् ईश्वर पोखरेलको चुनावी कमाण्डर

काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ को चुनावी परिचालनका लागि शान्ति अधिकारीको संयोजकत्वमा ५ सय ५५ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पहिलो संविधान सभा सदस्य रहिसकेकी अधिकारी नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीकी बुहारी हुन् । एमाले नेतृ अधिकारीले २५ वटा उप समितिहरु पनि गठन भएको जानकारी दिइन् ।

शनिवार भएको क्षेत्रीय भेलाले चुनावी परिचालनका योजना बनाएको र अब निर्वाचनको कामले गति लिएको उनको भनाइ छ । सो क्षेत्रबाट एमालेका बरिष्ठ उपाध्यक्ष प्रतिनिधि सभा उम्मेदवार छन् भने प्रदेशमा जिल्ला अध्यक्ष दिपक निरौला र केन्द्रीय सदस्य नारायण सिलवाल प्रत्यक्ष उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर