प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको १८ जिल्लामा मतपत्र ढुवानी – Nepal Press

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको १८ जिल्लामा मतपत्र ढुवानी

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आजसम्म १७ लाख मतपत्र छपाइ

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइरहेको छ । अहिलेसम्म १८ जिल्लामा मतपत्र ढुवानी भइसकेको निर्वाचन आयोगले जनाएको हो ।

जसमा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भइसकेको छ ।

प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्र र ७ वटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता गुरुराज वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आजसम्म १७ लाख मतपत्र छपाइ भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *