मेटमणिले फिर्ता गरे सरकारी गाडी – Nepal Press

मेटमणिले फिर्ता गरे सरकारी गाडी

रुपन्देही । सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन् । उनी दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार छन् ।

उनले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन् ।

चुनाव अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुरूप मन्त्री चौधरीले शुक्रवारदेखि अर्कै गाडी प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

One thought on “मेटमणिले फिर्ता गरे सरकारी गाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर