लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धन रहिरहन्छ : प्रचण्ड – Nepal Press

लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धन रहिरहन्छ : प्रचण्ड

‘आर्थिक क्रान्तिको नेतृत्व गर्ने भिजनसहितको सरकार बन्नुपर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले चुनावको लागि गठबन्धन नगरेको बताएका छन् ।

गोरखामा चुनावी अभियानलाई सम्बोधन गर्दै उनले संविधान र लोकतन्त्रमाथि खतरा आएपछि उपलब्धिको रक्षा गर्न गठबन्धन गरेको बताएका हुन् ।

उनले भने, ‘संविधान घोषणा भएको केही वर्षमै देशलाई अराजकतातर्फ धकेल्ने प्रयास भएकै कारणले हामी सडकमा गयौ । हामीले निर्वाचनको लागि गठबन्धन गरेको होइनौँ । संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिको लागि गरेका हौँ। जबसम्म लोकतन्त्र र संविधानमाथि खतरा रहेसम्म गठबन्धनको आवश्यकता रहन्छ।’

अहिलेसम्मको उपलब्धिसँग आर्थिक क्रान्ति गर्न नसके केही वर्षमा दुर्घटना पर्ने दाबी गरे । राजनीतिक परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक दायित्व भएको उनको भनाइ छ ।

उनले भने, हामीले मंसिर ४ को निर्वाचनलाई सदुपयोग गर्नुपर्छ। गठबन्धन गर्नका लागि धेरै मेहनत गरेका छौँ । अहिले पनि धेरै मेहनत परेछ । यो निर्वाचनको माध्यमबाट बन्ने सरकार आर्थिक क्रान्तिको नेतृत्व गर्ने भिजनसहितको सरकार बनोस् भन्ने उद्देश्य हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर