वृहत् शान्ति र समुन्नत नेपालका लागि गठबन्धन : डा. शर्मा – Nepal Press

वृहत् शान्ति र समुन्नत नेपालका लागि गठबन्धन : डा. शर्मा

मोरङ । मोरङ क्षेत्र नम्बर ३ का गठबन्धन उम्मेदवार सुनिल शर्माले समुन्नत नेपाल र वृहत् शान्ति क्षेत्र निर्माणका लागि गठबन्धनको आवश्यकता रहेको बताएका छन् ।

सुनदरहरैचा नगरपालिका १० मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १२ बुँदे सम्झौतादेखि सुरु भएको शान्ति प्रक्रियाको काम पूरा गर्न र समुन्नत राष्ट्र निर्माणका लागि वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए ।

उम्मेदवार नभए पनि गठबन्धनलाई जिताउन माओवादी नेताहरूले खेलिरहेको भूमिका सकारात्मक रहेको भन्दै उनले तारिफ गरे ।

गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन नेकपा एमालेका महासचिव माधव नेपालको सक्रियतामा शान्ति सम्झौता भएको उल्लेख गर्दै शर्माले बाँकी कार्यभार पुरा गरेर देश समुन्नत बनाउने जिम्मेवारी पनि यी नै राजनीतिक शक्तिको भएको बताए ।

शर्माले कोरोना कालको महामारी ५ रुपैयाँ पर्ने माक्सलाई ५५ रुपैयाँमा बेच्चे र सत्तामा भए पनि जनतालाई न्यूनतम स्वास्थ्य सेवा सेवा दिन नसक्ने व्यक्तिहरू फेरि भोट माग्न हिँडिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर