भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण – Nepal Press

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण

धनुषा । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ ।

अनुकूल मौसम नभएपछि काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरिएको हो ।

त्यसपछि पुनः त्यहाँबाट उडेको विमान १०ः२५ मा मात्र काठमाडौँमा अवतरण गरेको छ । झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले बताए।

बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएका कारण विमान जनकपुरमा अवतरण गरिएको हो ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर