बालेनलाई सुमन सायमीको सुझाव- काम गर्ने सोच र शैली बदल्नुस्,नत्र बर्बाद हुन्छ (भिडिओ) – Nepal Press

बालेनलाई सुमन सायमीको सुझाव- काम गर्ने सोच र शैली बदल्नुस्,नत्र बर्बाद हुन्छ (भिडिओ)

‘बालेनको डोजर आतङ्क बन्द नभए काठमाडौंबासी बाहिर निस्कन्छ, ज्यानसँग जोडिएको घरमा नहान’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै चुनावी प्रतिस्पर्धा गरेर तेस्रो भएका र पछिल्लो समय बालेनलाई नै साथ दिएका नेवा: अभियन्ता सुमन सायमीले आफ्नो सोच बदल्न बालेनलाई सुझाव दिएका छन् ।

कोर सिटीमा बालेनले डोजर चलाएपछि आन्दोलित स्थानीय बासिन्दाको समर्थनमा उत्रिएका सायमीले नेपाल प्रेससँग कुरा गर्दै बालेनबाट गलत काम हुन थालेको भन्दै कानून विपरीतका प्रक्रिया र मैले जे गरे पनि हुन्छ भन्ने सोच बदल्न उनले आग्रह गरे ।

सायमीले भने– मान्छेको ज्यानसँग जोडिएको घरमा हानेर हुन्छ ? तपाईँबाट गलत भएको छ, तपाईँले प्रक्रिया र सोच पनि बदलिनुपर्छ । डोजर आतङ्कले समाधान हुँदैन । भोलि देशैभर यही सिस्टमले अरूले पनि भत्काउन थाले भने के हुन्छ ? यो त बर्बाद हुन्छ ।

सायमीले संविधानको २५ र ३७ ले आवासको हक दिएका भन्दै जनताका घरमा डोजर लगाउने काम नरोकिए काठमाडौंका जनता बाहिर निस्कने चेतावनी दिए । उनले बालेनको राम्रो कामको आफूले प्रशंसा गरेको भन्दै असनबाट सम्पदा संरक्षणका लागि अतिक्रमण हटाएकोमा धन्यवाद दिए ।

सायमी लौरो चिन्ह लिएर काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनले काठमाडौंको मेयरमा आँखी झ्याल चिन्ह लिएर उठ्दा १३ हजारभन्दा बढी मत पाएका थिए । उनले पाएको मत अधिकांश कोर सीटीको थियो । कोर सीटीमै बालेनले डोजर हान्न थालेपछि उनी स्थानीयको पक्षमा उभिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर