हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना – Nepal Press

हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित मुख्यमन्त्री कार्यालय परिसरमा रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बोर्ड राखेर उद्घाटन गरे ।

उद्घाटन पछि बोल्दै निरौलाले निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

संविधानको कार्यान्वयनको लागि नियमित निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनलाई उत्सवको रूपमा सम्पन्न गर्न आफूहरू तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले शान्तिपूर्ण रुपामा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न बनाउनको लागि आफूहरू नियमित अनुगमन तथा सबै निकायको परिचालन गर्न चनाखो रहने बताए । मकवानपुरमा दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेशसभा क्षेत्रहरू रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर