बत्ती बलेन भनेर टुकीको जमानामा जान मिल्दैन: उपमहासचिव गुरुङ – Nepal Press

बत्ती बलेन भनेर टुकीको जमानामा जान मिल्दैन: उपमहासचिव गुरुङ

पोखरा । नेकपा एमालेका उप-महासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता विफल भयो भन्दै पुरानै संरचनामा फर्कन नमिल्ने बताएका छन् ।

गण्डकी प्रदेश सभाका सांसदको बिदाइ कार्यक्रममा बोल्दै उनले बत्ती बलेन भनेर टुकीको जमानामा फर्कन नमिल्ने भन्दै व्यंग्य गरे । उनी अघि बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले संघीयता असफल भएको र देशले थेग्न नसक्ने बताएका थिए ।

शाहीलाई जवाफ दिंदै गुरुङले अहिले नै संघीयता असफल भएको भन्न नमिल्ने र सांसदहरूनै आचरण सुधार्न लाग्नुपर्ने बताए ।
‘धर्म निरपेक्षता, संघीयता काम लागेन भन्नेहरु, अहिले बत्तीले काम गरेन, टुकीमै फर्कौं भनेर हुँदैन । यो मध्य युगतिर फर्कने कुरा हो,’उनले भने, ‘संघका २७५ सांसदमध्ये संघियता चाहिन्छ भन्ने २७४ जना त संघमै छन् ।’

व्यवस्थालाई प्रश्न गर्नु अघि सांसदहरूले आफ्नो आचरण सुधार्नु पर्ने बताए । ‘हाम्रो आचरण सही हुन पर्‍यो, व्यवस्थालाई प्रश्न गरेर छुट मिल्दैन,’ उनले भने । संघीयताको महत्त्व सांसदकै कामले पुष्टि गर्ने चुनौती रहेको बताए ।

संघीयता कार्यान्वयनको व्यवहारीक नेतृत्व गण्डकी प्रदेशले गरेको र सिंहदरबारलाई झक्झक्याउने काम पोखराले गरेको उनको भनाइ छ । यद्यपि काम गर्ने बेला केही कमजोरी भने आफूहरूले गरेको बताए ।
‘केही कमजोरी रहे तर अरू प्रदेश भन्दा राम्रो काम गर्न सक्यौं । हाम्रो ऐन हेरेर अरू प्रदेशले ड्राफ्ट गरिरहेका छन् उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर