राजस्व परामर्श विकास समिति खारेज, यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय – Nepal Press

राजस्व परामर्श विकास समिति खारेज, यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

काठमाडौं । सरकारले नेपाल राजस्व परामर्श विकास समिति खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल राजस्व परामर्श विकास समममि (गठन) आदेश, २०७६ बमोजिम गठन भएको समिति हो । अर्थसचिवको संयोजकमा गठित समितिलाई राजस्व नीति, कर संरचना र कार्यप्रक्रियाको मूल्यांकन गर्ने, लगानीमैत्री वातावरण र कर प्रणालीको विकास गर्न सुझाव दिने जिम्मेवारी थियो । यसैगरी अन्तर्राष्ट्रिय कर, करछुट तथा दोहोरो करमुक्ति सम्झौताको अध्ययन एवं विश्लेषण गरी सुझाव दिने जिम्मेवारी पनि थियो ।

यसैगरी तीन तहका सरकारले लगाएका करको अध्ययन गरी दोहोरोपना आउन नदिन सुझाव दिने, राजस्व सम्बन्धमा भएका अध्ययन अनुसन्धानको विश्लेषण गरी सुझाव पेस गर्ने, नेपाल सरकारको राजस्व सम्बन्धी थिंक ट्यांकको जिम्मेवारी पूरा गर्ने काम पनि समितिले पाएको थियो ।

आज सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकका निर्णय सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर