नेपाल बैंकको सन्देशमुलक दसैँ भिडिओ ‘मामाघर’ सार्वजनिक – Nepal Press

नेपाल बैंकको सन्देशमुलक दसैँ भिडिओ ‘मामाघर’ सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले बडादसैँको अवसरमा सन्देशमूलक दसैँ भिडिओ ‘मामाघर’ सार्वजनिक गरेको छ । दसैँमा बालबच्चाहरूको मामाघरप्रतिको मोह तथा बालमनोविज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडिओमा चाडपर्वहरूमा दिदिभाइ-दाजुबहिनीको माया, ममता तथा सम्झनालाई समेत मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

करिब ३ मिनेटको यो भिडिओमा छोरीको बुद्दिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ । भने, दसैँमा मामाघरमा गई टीका लगाउन पनि छोरी सफल भएको देखिन्छ । सानो छँदाको दिदीभाइको माया स्नेह विवाहपश्चात बिस्तारै कम हुँदै गई दूरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गरिएको छ । त्यसैगरी डिजिटल बैंकिङको प्रयोगलाई प्रबर्द्धन गरिएको छ । नेपाल बैंकले आफ्नो आधिकारिक फेसबुक पेज र युट्यूबमार्फत भिडिओ सार्वजकि गरेको हो ।

नेपालभर २१९ शाखाहरू, १८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर