२० मिनेटमा चार रातो कार्ड, फ्रान्स र पोल्यान्डबीचको खेल रद्द – Nepal Press

२० मिनेटमा चार रातो कार्ड, फ्रान्स र पोल्यान्डबीचको खेल रद्द

काठमाडौं । फ्रान्स र पोल्यान्डबीचको यू- १८ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल सकिन १३ मिनेट बाँकी हुँदा रद्द भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आइतबार लिमोजेस प्रतियोगितामा फ्रान्स चार रातोकार्ड पाएपछि सात खेलाडीमा सीमित भएको थियो ।

पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रान्सका खेलाडी आक्रामक रुपमा मैदानमा प्रस्तुत भएका थिए ।

खेलको ५५औं मिनेटमा लेएस हाउस्नीले रातो कार्ड पाउँदै मैदान छोडेका थिए । त्यसको पाँच मिनेट नबित्दै ज्यान्यूल बेलोसियनले रातो कार्ड पाएपछि फ्रान्स ९ खेलाडीमा सीमित भएको थियो ।

त्यत्तिकैमा फ्रान्सको भयावह समाप्त भएन । ७२औं मिनेटमा योनी गोमिस र ७५औं मिनेटमा डार्नेल एरिक बाइलले रातो कार्ड पाएपछि फ्रान्सका सात खेलाडीमात्रै मैदानमा बाँकी रहे ।

सात खेलाडीमा सीमित भएपछि फ्रान्सका बेन्चमा भएका खेलाडी र अफिसियल साथै पोल्यान्डका अफिसियलहरुबीच झगडा हुन थाल्यो । स्थिति शान्त नभएपछि खेल रद्द गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर