जनकपुर-काठमाडौं जोड्दै एमालेको पार्टी प्रवेश महोत्सव, चार महिनामा सवा लाख थपिए – Nepal Press

जनकपुर-काठमाडौं जोड्दै एमालेको पार्टी प्रवेश महोत्सव, चार महिनामा सवा लाख थपिए

काठमाडौं । नेकपा एमालेले शनिबार जनकपुर र काठमाडौंबाट एकसाथ ‘पार्टी प्रवेश महोत्सव’ आयोजना गर्ने भएको छ । स्थानीय तह निर्वाचनपछि एमालेमा १ लाख २७ हजार मान्छे विभिन्न पार्टी तथा स्वतन्त्र अभियानबाट प्रवेश गरेको सन्दर्भमा ‘पार्टी क्रस, लाख प्लस’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सो कार्यक्रमको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीले जनकपुरबाट र महासचिव शंकर पोखरेलले काठमाडौंबाट अभियानलाई जोड्ने अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए ।

एमालेको दशौं महाधिवेशनले पार्टी प्रवेश अभियान सन्चालन गर्ने र युवाहरुलाई एमालेमा आबद्ध गराउने नीति पारित गरेको थियो । सोही नीति बमोजिम अहिले विभिन्न दलका नेता, सांसददेखि विभिन्न स्थानीय तहका जनप्रतिनिधि र स्वतन्त्र युवाहरु एमाले प्रवेश गराइएको छ ।

यसै सन्दर्भमा इभेन्टको रुपमा सो कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ । शनिबार जनकपुरमा लोकतान्त्रिक समाजवादीका प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरियासहित नेता कार्यकर्ताहरुलाई एमालेमा स्वागत गर्न ओली १५ दिनभित्रै दोस्रोपटक जाँदैछन् । यसबीचमा मधेश प्रदेशबाटमात्र ७ जना प्रदेश तथा संघीय सांसद र १३ जना निवर्तमान मेयर उपमेयरहरु एमालेमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया

One thought on “जनकपुर-काठमाडौं जोड्दै एमालेको पार्टी प्रवेश महोत्सव, चार महिनामा सवा लाख थपिए

  1. २ नं. प्रदेशमा मात्र प्रवेश होईन सबैमा गराउँ । अन्यत्र ध्यान नदिने अनि २ नम्बरले धोका दिएमा एमाले खस्किन सक्छ । त्यसैले सनतुलित बनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर