गठबन्धन बैठकपछि झलनाथ खनालको दाबी : हण्ड्रेड प्लस सिटमा सहमति भयो – Nepal Press

गठबन्धन बैठकपछि झलनाथ खनालको दाबी : हण्ड्रेड प्लस सिटमा सहमति भयो

काठमाडौं । सत्ता गठबन्धनको दलले आज अनि सिट बाँडफाँडको टुङ्गो लगाउन सकेन । गठबन्धनका दलहरूबीच सहमतिका क्षेत्रहरू बढ्दै गए पनि पूर्ण रुपमा सहमति जुट्न नसकेको पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘हण्ड्रेड प्लसमा सहमति भइसकेको छ । आज त्यो भन्दा पनि केही बढेको छ’, उनले भने, ‘थप छलफल भोलि हुन्छ । ’सूर्यबहादुर थापाको आत्मकथा विमोचन समारोहमा गएको हुँदा गठबन्धनको बैठक ढिलो सुरु भएको उनको भनाइ थियो । केही समय मात्रै भएको छलफलमा केही थप क्षेत्रमा कुरा मिलेको खनालले बताए ।

राष्ट्रपतिको विषयमा केही कुरा भयो त भन्ने प्रश्नमा खनालले भने, ‘उनले घनघोर ढङ्गबाट संविधानको उन्लंघन गरिन् । त्यस बापत उत्पन्न परिणाम त उनले भोग्नु पर्ने भइगो नि त ।’

सडक आन्दोलन गर्नेबारेको जिज्ञासामा सरकारमा भएकाले आन्दोलन गर्न नमिल्ल्ने उनले तर्क गरे । खनालले सडकमा जनताको कुरा भएको भन्दै भने, ‘सरकारमा बसेका मान्छेले सडक आन्दोलन गर्ने कुरा । जनतासँग भएको अधिकार त संविधान भन्दा पनि त धेरै छ नि त ।’


प्रतिक्रिया

One thought on “गठबन्धन बैठकपछि झलनाथ खनालको दाबी : हण्ड्रेड प्लस सिटमा सहमति भयो

  1. दई चार सिट पनि मागेर खानुपर्ने दिन आयो भिखमङ्गाहररूको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर