रहेनन् भारतीय हाँस्य कलाकार राजु श्रीवास्तव – Nepal Press

रहेनन् भारतीय हाँस्य कलाकार राजु श्रीवास्तव

काठमाडौं । भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनका परिवारका सदस्यहरुले उनको निधनको पुष्टि गरेका छन् ।

राजु पछिल्लो ४२ दिनदेखि नयाँदिल्लीको एम्स अस्पातलमा उपचाररत थिए । हार्ट अट्याकपश्चात उनलाई अस्पताल पुराइएको थियो ।

अगस्ट १० देखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

एम्समा राजुको एन्जियोप्लास्टी गरिएको थियो । जसमा मुटुको ठूलो भागमा शत प्रतिशत ब्लकेज भेटिएको थियो । जसका कारण चिकित्सकहरुले उनको अवस्था गम्भीर रहेको जनाउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर