परराष्ट्र सचिव पौड्याल भारत जाँदै – Nepal Press

परराष्ट्र सचिव पौड्याल भारत जाँदै

काठमाडौं । परराष्ट्र सचिव भरत राज पौड्यालले भारतको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सचिव पौड्यालले भदौ २८ देखि २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने जनाएको हो ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन् ।

भ्रमणका बेला परराष्ट्र सचिव पौड्यालले भारतीय समकक्षिसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–भारत सहयोग लगायतका विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर