राजेन्द्र लिङदेनले संसदमा भने- म लज्जित भएँ, आजबाट सांसद रहिनँ (भिडिओ) – Nepal Press

राजेन्द्र लिङदेनले संसदमा भने- म लज्जित भएँ, आजबाट सांसद रहिनँ (भिडिओ)

मेरो तलब सुविधा रोक्का गरियोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफू अब सांसदको भूमिका निभाउन नसक्ने घोषणा गरेका छन् । आज संसद बैठकमा सम्बोधन गर्दै उनले प्रतिनिधिसभाको कार्यकाल ४ मंसिरपछि पनि लम्ब्याउने तयारी गरिएकोमा असन्तुष्टि जनाउँदै सो घोषणा गरेका हुन् ।

सभामुख अग्नी सापकोटाले संसदको विशेष समयमा लिङ्दनेलाई बोल्न ५ मिनेट समय दिएका थिए । लिङदेनले आज संसदमा आफ्नो अन्तिम उपस्थिति भएको भन्दै रोष्ट्रममा नै उभिएर बोल्ने इच्छा व्यक्त गरे र सभामुखले पनि अनुमति दिए ।

लिङदेनले भावुक सम्बोधन गर्दै भने, ‘सभामुख महोदय, यो प्रतिनिधिसभामा यो कार्यकालका लागि आजको वैठक मेरा लागि अन्तिम हो ।’

आफ्नो सम्बोधनमा लिङदेनले निर्वाचन घोषणा भइसकेपछि संसद जीवित रहनु नहुने राप्रपाको मान्यता रहेको उल्लेख गरे ।

‘प्रजातन्त्रमा विश्वास राख्ने राजनीतिक दललहरुले निर्वाचनलाई निस्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनका लागि सरकार पनि चुनावी सरकारमा बदल्ने वा निस्पक्ष सरकार बनाउनुपर्छ भन्ने धारणा थियो । तर राप्रपाको संसदमा जति उपस्थिति छ, त्यसले संसदको निर्णयमा फरक पर्दैनथ्यो । त्यसकारण अब व्यक्तिगतरुपमा म संसदमा आउँदिन,’ लिङदेनले भने ।

उनले भत्ता पकाउनका लागि मात्रै संसद आउँदिन भनेर पहिल्यैबाट आउन छोडेको पनि बताए ।

‘म चुनावको तयारीका कारण पनि आउन छोडेको थिएँ । तर संसदको आयू मंसिर ४ गतेपछि पनि कायम राख्ने भन्ने कुराले मलाई लज्जित र दुखित तुल्यायो । बाटोबाटै संसद छोडेँ भनेर हिँड्नुको अर्थ हुँदैन । त्यसैले संसदमा सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर यहीँबाट घोषणा गर्न चाहन्छु । आजबाट संसदको रुपमा उपस्थित हुने छैन । सभामुख र सचिवालयमा आग्रह गर्छु कि मेरो नाममा तलव सुविधा रोक्का गरियोस । यस प्रकारको अनैतिक काममा सहभागी नहुन मेरो अन्तरआत्माको निर्देशन भएकाले आज यो सबैचिज त्याग गर्न उपस्थित छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर