पल शाह मुद्दाको आज फैसला नहुने, पेशी स्थगित – Nepal Press

पल शाह मुद्दाको आज फैसला नहुने, पेशी स्थगित

काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ ।

नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो ।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो । न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर