मोटरसाइकल अनियन्त्रित हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु – Nepal Press

मोटरसाइकल अनियन्त्रित हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिका- २ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय रमेश बिक र पछाडि सवार २७ वर्षीय गोपाल बिक रहेका छन् ।

लखनचोक सडकखण्डमा उनीहरु सवार लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुवै जना घाइते भएका थिए ।

घाइते दुवै जनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर