ओलीकाे टिप्पणी– जनयुद्धमा मरेकाको शालिक छैन, जाँड खाएर मरेका आफन्तको शालिक ! – Nepal Press

ओलीकाे टिप्पणी– जनयुद्धमा मरेकाको शालिक छैन, जाँड खाएर मरेका आफन्तको शालिक !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा मारिएका सहिदको सट्टा जाँड खाएर मरेका नेताका आफन्तको शालिक बनाइएको बताएका छन् ।

पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

‘हिजो महान जनयुद्ध भनेर होमिएका लडाकु कहाँ छन ? हिजो स्कुल छाडेका कहाँ छन् ? हातखुट्टा भाँचिएका कहाँ छन ? तीनलाई कहिल्यै सम्झ्या छ ?,’ उनले भने, ‘ती सहिदको सालिक बन्या छ ? जाँड खाएर मरेकाको शालिक बनेको छ । युद्धमा मरेकाको शालिक बनेको छ ?’

महान जनयुद्ध भनेर १७ हजार मान्छे मारेको उनले आरोप लगाए । उनले भने, ‘युवाहरूलाई भड्खालामा हाल्यो, उचाल्यो, उल्कायो, कतिको ज्यान गयो, कतिको अंगभंग भयो’, उनले भने, ‘कति परिवार बेहाल भयो छोराछोरी मरे आमाबाबु मरे । ध्वस्त पारेपछि आज कहाँ छन लडाकू ?’

माओवादीले चुनावमा फेरी जनतालाई ढाँटेर मत लुट्ने गरेको अध्यक्ष ओलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर