भारतीय अर्बपति मुकेश अम्बानीलाई धम्कीपूर्ण कल – Nepal Press

भारतीय अर्बपति मुकेश अम्बानीलाई धम्कीपूर्ण कल

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानी र उनको परिवारलाई धम्कीपूर्ण कल आएको छ ।

सोमबार रिलायन्स फाउन्डेशन अस्पताल देखाउने सम्पर्क नम्बरबाट धम्कीपूर्ण कल आएको बताइएको छ । अगस्ट १५ मा आएको उक्त धम्कीपश्चात अहिले डिबी मार्ग पुलिस सो कलबारे अनुसन्धानमा लागेको छ । कल कहाँबाट कुन प्रयोजनले गरिएको र किन धम्की दिइयो भन्नेबारे जानकारी निकाल्ने प्रयत्न गरिरहेको प्रहरीले जनाएको छ ।

गत वर्ष पनि अम्बानीको मुम्बईस्थित घर ‘एन्टिलिया’ बाहिर २० वटा विस्फोटक जिलेटिन स्टिक र धम्कीसहितको एउटा स्कोर्पियो गाडी भेटिएको थियो । घटना पुलिसलाई सूचित गर्नासाथ सचिन हिन्दरावको नेतृत्वमा मुम्बईको क्राइम ईन्टेलिजेन्स युनिटसहित थुप्रै पुलिसहरू घटनास्थलमा पुगेका थिए । सो समय सचिन मुद्दाको प्रमुख अनुसन्धानकर्ता थिए ।

केही दिनपछि थानेका व्यापारी मनसुख हिरेनको रहस्यमय मृत्युपछि अम्बानीको मुद्दा एनआईएलाई सुम्पिइएको थियो । अम्बानीको घरबाहिर भेटिएको स्कोर्पियो गाडीको मालिक मनसुख हिरेन नै थिए ।

अम्बानीको घरबाहिर सो घटना घट्नु एक साताअघि मात्र आफ्नो गाडी चोरी भएको हिरेनले केस अनुसन्धानको समय दाबी गरेका थिए । उनको शव ५ मार्च, २०२१ मा थानेको खाडीमा फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर