बल पास नपाएपछि जब एमबाप्पे दौडिँदा दौडिँदै रिसाएर रोकिए (भिडिओसहित) – Nepal Press

बल पास नपाएपछि जब एमबाप्पे दौडिँदा दौडिँदै रिसाएर रोकिए (भिडिओसहित)

पेरिस । पेरिस सेन्ट जर्मन (पीएसजी) ले यो सिजन शानदार सुरुवात गरेको छ । घरेलु लिगका सुरुका दुवै खेलमा पीएसजीले शानदार जित हात पारेको छ।

पहिलो खेलमा ५ गोल गरेको पीएसजीले शनिवार राती भएको खेलमा पनि मन्टपेलियरलाई ५-२ गोलले हरायो । पीएसजीको जितका बाबजुद उसका स्टार स्ट्राइकर केलियन एमबाप्पे खेल दौरान रिसाएको एउटा भिडियो भाइरल भइरहेको छ।

पहिलो हाफको अन्त्यतिर मिडफिल्डर भिटिन्हाले आफ्नै क्षेत्रबाट बल अगाडि बढाइरहँदा मैदानको दुवै भागबाट एमबाप्पे र मेस्सी दौडिरहेका थिए । तर मध्य क्षेत्रबाट बल अगाडि बढाउने बित्तिकै भिटिन्हा मेस्सीतर्फ मोडिएपछि एमबाप्पे रोकिएर झोक्किएको देखिएको थियो ।

त्यसअघि उनले २३ औँ मिनेटमा प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्न सकेका थिएनन् । ३९ औँ मिनेटमा एमबाप्पे कै क्रस रोक्न खोज्दा विपक्षीबाट आत्मघाती गोल भएको थियो । ६९ औँ मिनेटमा एमबाप्पे आफैले गोल पनि गरेका थिए । तर सेलिब्रेसन गरेनन् । यो सिजन घरेलु लिगमा एमबाप्पेको यो पहिलो खेल थियो ।

पीएसजीका प्रशिक्षक क्रिस्टोफे गाल्टियरले म्याच फिटनेसका कारण एमबाप्पे सहकर्मीहरूसँग रिसाएको हुन सक्ने बताए । ‘केलियनले तीन साताअघि अन्तिम खेल खेलेका थिए। त्यसैले शारिरिक रूपमा उनलाई गाह्रो हुन सक्ने मेरो पनि अनुमान थियो’, गाल्टियरले भने ।

एमबाप्पे फ्रान्सको घरेलु लिग (लिग वान)मा पछिल्ला लगातार चार सिजनका सर्वाधिक गोलकर्ता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर