नेवारी संस्कृतिलाई विश्वमा चिनाउन फोटो पत्रकारहरूको भूमिका महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ – Nepal Press

नेवारी संस्कृतिलाई विश्वमा चिनाउन फोटो पत्रकारहरूको भूमिका महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले नेवारी संस्कृतिलाई विश्वमा चिनाउन फोटो पत्रकारहरू ठूलो भूमिका हुने बताएका छन् ।

विष्णु नाति फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले नेपाली सम्पदा, संस्कृति र पराम्परालाई विश्वमा चिनाउन फोटो पत्रकारहरूको ठूलो भूमिका हुने बताएका हुन् ।

उनले भने, ‘नेवारी संस्कृतिको विश्व मै चर्चाको विषय हुन्छ । नेवारी सम्पदा, चाडपर्व, परम्परा, संस्कृतिको प्रचारप्रसारमा ठूलो भूमिका फोटो पत्रकारहरूको हुन्छ ।

कार्यक्रममा गोरखापत्रका फोटा पत्रकार विकास द्वारेलाई विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२ बाट सम्मानित गरिएको छ ।

विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिको आयोजनामा भएको कार्यक्रममा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले द्वारेलाई दस हजार रुपियाँसहित सम्मानपत्रले पुरस्कृत गरे । विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकारको रूपमा चार दशकभन्दा बढी समय बिताइसकेका नातिकाजी महर्जनले स्थापना गरेका हुन् ।

पुरस्कार दाता फोटो पत्रकार महर्जनले नेवार परम्परा, संस्कृति, रितिथितिआदिमा फोटो पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष सम्मानित गर्न यो पुरस्कार स्थापना गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर