देशको लच्छिन गयो, गठबन्धन सरकारले जे छोयो त्यही खरानी : ओली (भिडिओ) – Nepal Press

देशको लच्छिन गयो, गठबन्धन सरकारले जे छोयो त्यही खरानी : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार आएसँगै देशको ‘लच्छिन गुमेको’ टिप्पणी गरेका छन् । यो सरकारले जे छोयो त्यही खरानी भइरहेको उनको दाबी छ ।

पार्टीनिकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धनलाई अलच्छिना संज्ञा दिए ।

उनले भने, ‘आज एउटा पत्रिकारले यो गठबन्धन भनेको अलच्छिना नै रहेछ भनेर लेख्याथ्यो । साच्चै, यो गठबन्धन आएपछि देशको लच्छिन गयो । गठबन्धन अलच्छिना सावित भयो । हिजो हामी सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुन्थ्यो । आज जहाँ छोयो त्यहीँ खरानी ।’

ओलीले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने झनै विनाशकारी हुन सक्ने चिन्ता व्यक्त गरे ।

‘यस्तोले यदि फेरि सरकार चलाएर जाने हो भने देश के हुन्छ ? यिनीहरुको केही घराना र आफन्त सप्रिन्छन्, बाँकी सकिन्छ,’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर