संसदीय निर्वाचनबारे नेताहरु के भन्छन् ? – Nepal Press

संसदीय निर्वाचनबारे नेताहरु के भन्छन् ?

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरुबीच प्रतिष्पर्धा हुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बौल्दै उनले आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने पनि बताए । विश्वकर्माले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएको उल्लेख गरे ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा ०७४ को भन्दा राम्रो नतिजा र परीणाम ल्याएको भएपनि आफू अझै सन्तुष्ट नभएको उनको भनाई छ । उनले प्रधानमन्त्री देउवाले कार्यव्यस्तताको कारण अमेरिकाको भ्रमण नगरेको स्पष्ट पारे ।

त्यस्तै, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले राजनीतिक दल र नेताहरुप्रति जनताको वितृष्णा रहेको भन्दै यसबारेमा समिक्षा हुनुपर्ने बताएका छन् ।

निर्वाचनमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको उनको टिप्पणी थियो । नेता रायमाझीले आफूहरुको लक्ष्य र कार्यदिशा भनेको नै समाजवादमा पुग्ने रहेको जिकिर गरे ।

नेता रायमाझीले अहिले राष्ट्रियतामाथि सबभन्दा ठूलो संकट आएको पनि टिप्पणी गरे । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु आ–आफ्ना एजेण्डा लिएर जनताको बीचमा जानुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर