प्रतिनिधिसभाको कार्यकाल मंसिर २१ सम्मः प्रमुख निर्वाचन आयुक्त (भिडिओ) – Nepal Press

प्रतिनिधिसभाको कार्यकाल मंसिर २१ सम्मः प्रमुख निर्वाचन आयुक्त (भिडिओ)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने बताएको छ । यस विषयमा सरकारलाई सिफारिस गरिसकेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

आज आयोजित पत्रकार सम्मेलनमा थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषय उल्लेख भएको स्पष्ट पारे ।

‘संविधान र कानूनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखितरुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं,’ उनले भने ।

दशैं लगत्तैपछि उम्मेदवारी दिने गरी कार्यतालिका बनाउनुपर्ने देखिएको प्रमुख आयुक्तले उल्लेख गरे ।

‘उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मान्नुपर्छ भन्ने आयोगको स्पष्ट धारणा छ,’ उनले भने, ‘यसलाई कानूनसम्मत ढंगले कहिँ न कहिँ व्याख्या गरेर अगाडि बढाउनेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर