प्रसुन्नालाई ‘युके ब्युटी एण्ड ब्रेन’ को तेस्रो उपाधि – Nepal Press

प्रसुन्नालाई ‘युके ब्युटी एण्ड ब्रेन’ को तेस्रो उपाधि

लण्डन । बेलायतमा सम्पन्न ‘युके ब्युटी एण्ड ब्रेन’ प्रतियोगितामा नेपालकी प्रतिस्पर्धी प्रसुन्ना कँडेलले तेस्रो उपाधि जितेकी छन् । द प्रिन्सेस रिजेन्ट होटलमा भएको प्रतियोगितामा उनी तेस्रो बनिन् ।

मिस, मिसेस र क्लासिकल गरी तीनवटा विधामा भएको प्रतिस्पर्धामा कँडेलले मिस क्याटगोरीको विधामा आफूलाई प्रस्तुत गरेकी थिइन् । प्रतियोगिताअन्तर्गतको ‘आर्टिस्ट अफ द एयर अवार्ड २०२२’ पनि उनले जितिन् ।

कुल ४५ जना सहभागी रहेको प्रतियोगिताको प्रत्येक विधामा १५ जना प्रतिस्पर्धी थिए । प्रसुन्नाले आफ्नो सो रिलमा अंग्रेजी, नेपाली, पाकिस्तानी र बलिउडमा काम गरेका लीड रोल र सपोर्टिङ रोलमा अभिनयका दृश्य देखाएकी थिइन् । साथै अंग्रेजी, नेपाली, इटालियन र अफ्रिकन मेजर भिडिओ, अंग्रेजी, नेपाली सट मुभि, पाकिस्तानी प्ले, यु टिभीका व्यवसायिक दृश्यहरु पनि उनले राखेकी थिइन् । उनी भर्सटाइल कलाकार अफ यूके ब्युटी एन्ड ब्रेनको रूपमा पनि सम्मानित भएकी थिइन ।

प्रसुन्ना बेलायतको एचएचएस (राष्ट्रिय स्वास्य सेवा) की सिनियर नर्ससमेत हुन् । विभिन्न संघसंस्थामार्फत उनले सामाजिक सेवाको काम पनि गर्दै आएकी छन् ।

-किरण राईबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर