नीता ढुंगानाले बिहे गर्दा पूर्वप्रेमी भाइरल ! ट्रोलरलाई मसला – Nepal Press

नीता ढुंगानाले बिहे गर्दा पूर्वप्रेमी भाइरल ! ट्रोलरलाई मसला

काठमाडौं । यतिवेला नायिका नीता ढुंगानाको बिहेका भिडियो फुटेजहरुले टिकटक भरिएका छन् । नीता र उनका श्रीमान हरिहर अधिकारीलाई बधाईको ओइरो लागिरहेको छ ।

नीताको बिहेसँगै टिकटकमा चर्चित बनेका छन् उनका पूर्वप्रेमी आमेश भण्डारी । उनका भिडियोहरुलाई अनेक किसिमले सम्पादन गरेर ट्रोल गर्ने काम भइरहेको छ । आमेश स्वयम् नीताको बिहेपछि टिकटकमा सक्रिय देखिएका छन् ।

नीताको बिहे भएकै दिन आमेशले एउटा भिडियो पोष्ट गरेका थिए । उक्त भिडियोमा उनले एउटा गीतमा एक्ट गरेका थिए, जसको बोल थियो– सपनीमा आयौ तिमी विपनीमा गयौ, माया लाग्छ तिम्रो अझै निष्ठूरी किन भयौ…। यही भिडियोपछि आमेशको ट्रोल सुरु भएको हो । नीतालाई नै ‘डेडिकेट’ गर्दै आमेशले यो भिडियो हालेको धेरैले अनुमान गरेका छन् ।

यससँगै आमेशको पुरानो भिडियोहरुलाई नीताको बिहेको भिडियोहरुमा जोडेर रमाइला–रमाइला टिकटकहरु आइरहेका छन् । एकप्रकारले भन्दा टिकटक नै नीता र आमेशमय भएको छ । यसरी पूर्वप्रेमीको भिडिओ भाइरल गराउँदा नीतालाई चाहिँ कस्तो महसुस होला कुन्नि !

हरिहरभन्दा अघि नीता चार वर्ष आमेशसँग रिलेसनसीपमा थिइन् । उनीहरुले आफूहरुबीचको सम्बन्ध लुकाएका पनि थिएनन् । मिडियामा प्रेमी–प्रेमिकाकै रुपमा प्रस्तुत हुन्थे । एकपटक एउटा चलचित्रको प्रेसमिटमा नै नीताले आमेशलाई किस गरेकी थिइन् ।

तर, उनीहरुको सम्बन्ध दिगो रहन सकेन । आपसी असमझदारीपछि ६ वर्षअघि उनीहरु अलग भएका हुन् ।

गायन क्षेत्रमा सक्रिय आमेशले नीतासँग प्रेममा परेपछि चलचित्रमा पनि इन्ट्री गरेका थिए । दिनेश डिसीले निर्देशन गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा नीता र आमेशले अनस्क्रिन जोडीको रुपमा अभिनय गरे । तर, यो फिल्म नराम्ररी डुब्यो । फिल्म असफल भएसँगै उनीहरुको सम्बन्धमा पनि दरार आउन थालेको चर्चा चलेको थियो ।

नीतासँग ब्रेकअपपछि आमेश लामो समय गुमनाम भए । उनी मिडियासँग पनि टाढिएका थिए । बीचमा कोरोनाको कारण आफ्नो बिजनेसमा संकट आएकाले पनि केही समयसम्म सार्वजनिक जीवनबाट टाढा बनेको आमेशले बताएका छन् ।

चलचित्रमा खासै सक्रिय नरहेका आमेश आजकाल टिकटकमा बाक्लै देखिन्छन् । एक वर्षअघि दिएको एउटा अन्तर्वार्तामा आमेशले आफू रिलेसनसीपमा रहेको खुलाएका थिए । यद्यपि, उनले अहिलेसम्म आफ्नो प्रेमिका सार्वजनिक गरेका छैनन् ।

https://www.tiktok.com/@cgnaayush/video/7118745046303673627?is_from_webapp=1&sender_device=pc&web_id=7084841630796416513

@cgnaayush

#goviral #tiktok #neetadhungana #wedding #sad #cry #heartbroken #breakup

♬ original sound – Cgn Aayush


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर