उपप्रमुखले असहमति जनाउँदा जनाउँदै पारित भयो धनगढीको बजेट – Nepal Press

उपप्रमुखले असहमति जनाउँदा जनाउँदै पारित भयो धनगढीको बजेट

कैलाली । धनगढी उपमहानगरपालिकाका उपप्रमुखको विरोधकाबीच बहुमतले बजेट पारित भएको छ ।

आठौँ नगर सभाको तेस्रो बैठकमा सोमबार उपप्रमुख कन्दकला रानाले सुरुबाटै विरोध गरेकि थिइन् ।

नगर प्रमुख गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी रूपमा बजेट ल्याएको भन्दै उनले विरोध गरेकि हुन् ।

उनको विरोधकाबीच नगर प्रमुख हमालले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

नगर प्रमुखले बजेट पारित भएको घोषणा गरिसक्दा पनि उपप्रमुखले यसमा आफ्नो सहमति नभएको र एकलौटी गरिएको आरोप लगाएकी थिइन् ।

आफू योजना तर्जुमा समितिको संयोजक भए पनि मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफूलाई जानकारी नगराई बजेट ल्याएको उनले आरोप लगाएकी थिइन् ।

उपमेयर रानाले नगर सभाको सोमबारको बैठकले जबरजस्ती बजेट पारित गरेको भन्दै उक्त निर्णयमा सहमति नभएको प्रतिक्रिया दिएकी छन् ।

उनले प्रत्येक वर्षमा काम सम्पन्न नगर्ने फेरी ती योजनालाई प्राथमिकतामा राखेर अन्य योजनाहरू प्रभावित पार्न नहुने समेत बताइन् ।

रानाले उपमहानगरपालिकाको वार्षिक कार्यक्रम पुस्तिका विधि र प्रक्रिया मिचेर एकलौटी रूपमा आएको बताएपछि दुई पक्षबिच बैठकमा चर्काचर्की हुँदा केही बेर बैठक स्थगित समेत भएको थियो ।

गत असार १० गतेको नगर सभा बैठकमा उपमेयर रानाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ८३ करोड बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रम भर नगरप्रमुखले छलफल गरेर अगाडी बढ्ने भन्दा पनि पेलेरै लैजाने नीति लिएको एमालेका जनप्रतिनिधीहरुले आरोप लगाएका छन् ।

दिनभरि चर्काचर्की भएर अन्तिममा बहुमतले बजेट पारित गरिएको हो । बजेट पारित गर्दा नगर प्रमुखले निर्माणार्थ पेस गर्नुपर्नेमा त्यो भन्दा अघि वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्काले पारित भएको भन्दै घोषणा गरे र ताली बजाउन भने अन्यले ताली बजाए ।

त्यसपछि मात्र नगर प्रमुख हमालले बहुमतले पारित भएको घोषणा गरेका थिए ।त्यसपछि पनि उपप्रमुख रानाले विरोध गरेकि थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर