अडियो काण्डः न्यायाधीश र वकिलविरुद्ध राप्रपाले मुद्दा दर्ता गर्दै – Nepal Press

अडियो काण्डः न्यायाधीश र वकिलविरुद्ध राप्रपाले मुद्दा दर्ता गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायधीश र अधिवक्ताविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । पार्टीको सुशासन विभागका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

२ करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीस राजकुमार पोखरेल र अधिवक्ता रुद्र पोखरेलबीच भएको फोन संवादको अडियो सार्वजनिक भएको थियो ।

यस प्रकरणबारे छानविन गर्न न्यायपरिषदले हिजो छानविन समिति बनाएको छ । गम्भीर अपराधमा मुछिएको न्यायधीश र वकिल दुवैमाथि हदैसम्मको कारवाही माग गर्दै मुद्दा दर्ता गर्न लागिएको शाहीले बताए ।

न्यायाधीशलाई पदबाट बर्खास्त र वकिलको लाइसेन्स खारेजी गर्न राप्रपाले माग गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर